CLI
Global College

नेपाल र बंगलादेेशको बीचमा भएको बिधुत व्यापार सम्झौताको इप्पानले गर्यो स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते ४० मेगावाट बिधुत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  स्वागत गर्दै, सम्झौतालाई ऐतिहासिक सम्झौता भएको बताएको छ   ।

सन् १९७१ देखि नेपाल र भारतबीच विधुत  आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै आएकोमा २०८० साल पुस १९ गते भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालिन सम्झौता भईसकेको पृष्ठभुमिमा बंगलादेशसँग भएको यो सम्झौताले नेपालको बिजुलीको बजार बंगलादेशलाई खुलेको मात्र छैन, दुई देशबीच सरकार-सरकारसँगसँगै निजी-निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो खुलेको  इप्पानको ठहर गरेको छ  ।

बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको नेपाल सरकारले आगामी १० बर्षभित्र ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको परिपेक्ष्यमा लक्षित  लक्ष्य पुरा  गर्न नेपालको निजी क्षेत्र सधै तयार रहेको इप्पानले बताएको छ । इप्पानको भनाई छ “लक्ष्यलाई कार्यान्वयन गर्न सकेमा यसले नेपाल र बंगलादेशबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि उल्लेखनीय योगदान पुर्याउनेछ भन्नेमा विश्वस्थ छौ “।

यो सँगै  विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन   इप्पानले माग गरेको छ ।, यसका साथै निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार तत्पर हुनुपर्ने माग पनि इप्पानले गरेको छ  ।

इप्पानले  भारत र बंगलादेशमा लक्ष्य अनुसारको निर्यातका लागि तत्काल नितीगत र प्रक्रियागत सुधारका लागि पनि सरकारसँग आग्रह गरेको छ  ।

 

Leave Your Comment

Related News