CLI
Global College

सिन्धु, साल्पा र मितेरी बैंक सहित ४ वित्त कम्पनीलाई राष्ट्र बैंकद्धारा कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमविपरित काम गरको भन्दै ३ वटा विकास बैंक र ४ वटा फाइनान्स (वित्त) कम्पनीहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा नियमविपरित काम गरको भन्दै  ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

नियम उल्लङ्घन गरेर नेपाल राष्ट्र बैंकको कारबाहीमा पर्नेहरूमा विकास बैंकअन्तर्गत सिन्धु, साल्पा र मितेरी छन् भने जानकी, गोर्खाज्, प्रोग्रेसिभ र रिलायन्स गरी चार फाइनान्स कम्पनीहरू रहेका छन् । उनीहरूलाई केन्द्रीय बैंकले नगद जरिवानासहित गल्ती नदोहोर्‍याउन सचेत पनि गराइएको छ ।

केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारण सभासमेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले सालपा विकास बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ ।

सो अवधिमा राष्ट्र बैंकले व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४ दशमलव ६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै साल्पाका सञ्चालक समिति र सीईओलाई सचेत गराएको हो ।

सिन्धु विकास बैंकका अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा– नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले राष्ट्र बैंकले सचेत गराएको छ ।

साथै, नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरी उक्त नियामकीय व्यवस्था गरेको देखिएकोले मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

त्यसै गरी, राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले जानकी फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

त्यस्तै, राष्ट्र बैंकले एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरू वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरीत हुने गरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष/सञ्चालक संस्थाको ऋणी-ग्राहकसँग संस्थामा नै खोलिएका खाताहरू मार्फत आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको ।

त्यस्तै, तत्कालीन अध्यक्ष/सञ्चालकले निज संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरूसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीको कार्यलाई चुस्त नराखेको तथा निगरानी कमजोर रहेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम गोर्खाज् फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० मा भएको व्यवस्था विपरीत संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको देखिएकाले प्रोगेसिभ फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुग भएकोले रिलायन्स फाइनान्सलाई आर्थिक जरिबाना लगाएको छ । संस्थाले मिति २०८१ भदौ २३ गते देखि २०८१ असोज ०५ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आ.व. मा पहिलो पटक कायम नगरेको हुँदा ११ हजार २२७.६५ रुपैयाँ नगद जरिवाना गराएको हो ।

 

Leave Your Comment

Related News