RE
Global College

माछापुच्छ्रे क्यापिटलको श्री आदर्श माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटल कार्तिक ९ गते शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामग्राम ५, परासी, नवलपरासी स्थित ”श्री आदर्श माध्यमिक विद्यालय” लाई सौजन्य स्वरुप सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरेको छ ।

उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरु तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषिराम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा विद्यार्थी वर्गहरु तथा अभिभावक समितिका अध्यक्ष लगायत सदस्यहरु उपस्थित थिए ।

धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) कम्पनीको रुपमा स्थापित माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ ।

NECO

Leave Your Comment

Related News