CLI

कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत सोमबार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कर्जा, बचत तथा बैंकिङ सेवा सुविधाजस्ता विषयसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

बैंकका कर्मचारीहरूको उपस्थितिमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरदेखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिरहुँदै पुनः बैंकको केन्द्रीय कार्यालयसम्म भएको थियो । उक्त प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरूलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरूका बारेमा बुझ्न मद्दत पुर्‍याउने बैंकले विश्वास लिएको छ ।

उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रूपमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दै छ ।

Leave Your Comment

Related News