RE
Global College

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो।

बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी सेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

NECO

Leave Your Comment

Related News