CLI
Global College

उधोग वाणिज्य महासंघको विधान संशोधन, प्रत्यक्ष निर्वाचित अध्यक्ष कार्यकाल दुई वर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बिशेष साधारणसभाले महासंघको अध्यक्ष प्रतक्ष निर्बाचित हुने गरी बिधान  संशोधन गरेको छ  ।

यस अघिको नेतृत्वले बिधान संशोधनको एजेण्डा अघि बढाए पनि यसलाइ निर्णय गर्न सकेका थिएनन् । महासंघका बर्तमान अध्यक्ष चन्द्र ढकाल विधान संशोधन बिशेष साधारण सभाबाट पारित गर्न सफल भएका  छन् ।

महासंघको साधारणसभाबाट पारित बिधान संशोधनमा मुलत तीन विषय रहेका  छन् ।अब अहिलेका बरिष्ट उपाध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल पश्चात बन्ने नयाँ कार्यसमितिको अध्यक्ष पदमा प्रत्यक्ष निर्बाचित हुनेछ संशोधित विधान अनुसार अध्यक्षको निर्वाचन प्रत्यक्ष हुने भएको महासंघ यस अघि बरिष्ट उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान रहेको थियो । यो व्यबस्था  अन्तर्गत महासंघमा अहिलेमा बरिष्ट उपाध्यक्ष सहित चार जना पुग्नेछन्

आजको बिधान संशोधन पश्चात महासंघको कार्यसमितिको कार्यकाल दुई वर्षको मात्रै हुनेछ यो भन्दा पहिला  महासंघको कार्यसमितिको  कार्यकाल तीन वर्षको भएको थियो। नयाँ व्यबस्था अनुसार महासंघको जिल्ला नगर उपाध्यक्ष  दुई जना हुने छन्।

महासंगको शषोधित बिधान अनुसार महासंघमा महिला उपाध्यक्ष हुनेछ । महिला उपाध्यक्ष कार्यकारीणि परिसद्ले चयन गर्ने ब्यबस्था छ जस अनुसार १२ जना महिला कार्यकारिणिमा भएमा मात्र महिला उपाध्यक्ष हुनेछ  । महासंघको बिषेश साधारणसबाले पारित गरेको यो बिधान शंसोधन नेपाल सराकर मन्त्री परिषद्बाट स्वीकृत हुने पर्नेछ

Leave Your Comment

Related News