RE
Global College

एनएमबि बैंकको सेवा १२ घण्टाका लागि अवरुद्ध हुने

काठमाडौं ।  एनएमबि बैंकले आफ्नो डाटा सेन्टरलाई आधुनिक बनाउने उद्देश्यले आगामी मंसिर २९ गते शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १०:३० बजेसम्म बैंकका केही सेवाहरू अवरुद्ध हुने जानकारी गराएको छ।

बैंकले यस अवधिमा कार्ड सेवा, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर जस्ता प्रमुख सेवाहरू अस्थायी रूपमा बन्द रहने जनाएको छ। यस प्रक्रियाले डिजिटल सेवा प्रणालीलाई थप प्रभावकारी, सुरक्षित, र द्रुत बनाउने अपेक्षा गरिएको छ।

ग्राहकहरूलाई असुविधा नहोस् भनेर बैंकले उक्त समयअघि आवश्यक बैंकिङ सेवा पूरा गर्न अनुरोध गरेको छ। सेवा स्थगनले ग्राहकको वित्तीय कारोबारमा केही समयका लागि असर गर्ने भए पनि दीर्घकालीन रूपमा यसले गुणस्तर सुधार गर्ने बैंकको दाबी छ।

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई सेवा अवरुद्ध हुने समयको जानकारी समयमै उपलब्ध गराउँदै क्षमा माग गरेको छ।

NECO

Leave Your Comment

Related News