RE
Global College

के हो हायर पर्चेज कर्जा ? कसरी लिन सकिन्छ ?

काठमाडौं । कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिएको कर्जा वा सापटीलाई हायर पर्चेज कर्जा भनिन्छ । नेपालमा  बैंक वित्तीय संस्थाका अलावा केही अन्य कम्पनीले समेत नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धि अनुमति  लिई हायर पर्चेज कर्जा प्रवाह गर्ने गरेका छन् ।

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क (जस्तैः सेवा शुल्क) तथा दस्तुर लिन नपाइने व्यवस्था नियामकीय निकायले गरेको छ  । हायर पर्चेज कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको छ  ।

हायर पर्चेज कर्जा दिने कम्पनीले आफूले प्रवाह गरेको कर्जा रकम फिर्ता गर्नका लागि कर्जा भुक्तानी तालिका तयार गरी लागु गर्नुपर्दछ ।

हायर पर्चेज कर्जा लिँदा आफ्नो कर्जामा लाग्ने ब्याजदर, कर्जा भुक्तान अवधि, किस्ता रकम, पेनाल ब्याजदर र सोको गणना विधि जस्ता आधारभूत पक्षबारे सम्बन्धित हायर पर्चेज कम्पनीसँग स्पष्ट रूपमा जानकारी लिई कर्जा कारोबार गर्न नेपाल राष्ट्र बैङ्कले अनुरोध गरेको छ ।

 

NECO

Leave Your Comment

Related News