RE
Global College

कालिञ्चोक हाईड्रोपावरको वार्षिक साधारण सभा माघ ३ मा, हकप्रद शेयर निष्कासनको प्रस्ताव लैजाने

काठमाडौं । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय गल्कोपाखा, काठमाडौंमा विहान ११ बजे हकप्रद शेयर निष्कासन प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले पूँजी बृद्धिका सम्बन्धमा आवश्यक निर्णय गर्ने र सोही बमोजिम प्रबन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कति प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धमा भने कम्पनीले कुनै जानकारी गराएको छैन् ।यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

NECO

Leave Your Comment

Related News