काठमाडौं । आज नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ भोली पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ ।
कम्पनीको बुक क्लोजको अघिल्लो दिन सम्म कायम मात्र यी ३ कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएकाले यी कम्पनीको भोली बुक क्लोज रहेको छ । नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश, गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश र बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभाश दिने निर्णय गरेका छन् ।