काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोला १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबारे भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।