काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९अर्थात शुक्रवार एफपिओ बाँडफाँटको तयारी गरेको जनाएको हो ।
कम्पनीले पुस ५ गते देखि ९ गते सम्म ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासन गरेको थियो । जस अनुसार कम्पनीको एफपीओ ४७ हजार ५४४ जनाले मात्रै १०:१० कित्ता दरले शेयर हात पार्नेछन् ।
एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुनेछ । सिडिएस क्लियरिङ्गका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
एफपिओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ५२ दशमलव ३४ गुणा बढी हो ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ