५.१० अंकले बढ्यो शेयर बजार, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । लगातादर दुई दिन घटेको शेयर बजार बुधबार सामान्य अंकले बढेको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले घटेर ४४४.१२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१६ अंकले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१७ अंकले घटेको छ ।

बुधबार ३०५ वटा कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा २ अर्ब ७ करोड ७२ लाख ४१ हजारले कम हो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रहेको थियो । बुधबार बजार पुँजीकरण रकम भने ४२ खर्ब ८२ अर्ब १० करोड रह्यो ।

बुधबार १५० वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ८ वटा समूह परिसूचक बढ्दा बाँकी ५ वटा घटेका छन् । विकास बैंक ८६, वित्त १०८, होटल र पर्यटन ६०, जलविद्युत ४२, लगानी ०.०९, उत्पादन र प्रशोधन १७, निर्जीवन बीमा २८, र अन्य समूह २९ अंकले बढ्दा बैकिङ १०, जीवन बीमा ८, लघुवित्त ८, म्युअुच फण्ड ०.०३ र अन्य समूह ८ अंकले घटेको हो ।

बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, जानकी फाइनान्स, त्रिशुली जलविद्युत कम्पनी, प्रभु बैंक र नेपाल फाइनान्स रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ८२ लाख, जानकी फाइनान्सको ९ करोड ६९ लाख, त्रिशुली जलविद्युत कम्पनीको ९ करोड २९ लाख, प्रभु बैंकको ८ करोड ८८ लाख र नेपाल फाइनान्सको ८ करोड ४८ लाख बराबरको कारोबार भयो ।

बुधबार त्रिशुली जलविद्युत कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सुपर मार्दी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार