CLI
Global College

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस २१ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको छ।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई मङ्सिर ७ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो।  जस मध्ये २ लाख २५ हजार कित्ता श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि , ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि , र बाँकि रहेको  १८ लाख ४५ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको हो ।

 

Leave Your Comment

Related News