RE
Global College

छिमेक लघुवित्तले नगद लाभांस रकम शेयरधनीलाई पठाउदै

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८१ पुष २९ मा गरेको  २३औं वार्षिक साधारण सभाले पास गरेको  आ.व.२०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश (नगद लाभांश तथा बोनस शेयरको कर समेत) वितरण नगद लाभांश हिजो माअ १ बाट बितरण गर्न सुरु गरेको छ ।

संस्थाले बितरण गर्ने लाभांस शेयर धनीको  बैंक खातामा जम्मा गरिने बताएको छ । सो कम्पनीले निर्धारण गरेको लांभास प्रयोजनार्थ कम्पनीले गरेको बुक क्लोज मितिको अघिल्लो दिन सम्म कायम शेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

डिम्याट  (DEMAT ) नगराएका हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई हितग्राही खाता खोलि हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गराए पश्चात सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने कम्पनीले बताएको छ  ।

 

NECO

Leave Your Comment

Related News