RE
Global College

एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षका दोस्रो त्रैमासको अवधिमा नाफा ९२ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड १७ लाख नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ७४ करोड ८३ लाखले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बैंकले १ अर्ब ९० करोड नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले उक्त जानकारी दिएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ।

खुद ब्याज आम्दानी घटेको तथा बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको खर्चमा वृद्धि गरे सँगै खुद नाफा घटेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ४८ करोडबाट बढेर २ अर्ब ३५ करोड पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी २ रुपैयाँ ३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ०.५८ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुगेको छ।

१४ अर्ब १९ करोड चुक्ता पुंजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड रहेको छ। बैंकको निक्षेप ३ खर्ब ८अर्ब रहेको छ भने कर्जा प्रवाह २ खर्ब ४५ अर्ब रहेको छ। बैंकको निक्षेप र कर्जा प्रवाह क्रमश १२.९२ प्रतिशत र ९.६३ प्रतिशतले घटेको छ।

NECO

Leave Your Comment

Related News