RE
Global College

यस्तो छ लघुबित्त वित्तीय संस्थाका ग्राहकलाई ग्राहकहित संरक्षणसम्बन्धी व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्तका ग्राहकका लागि लघुबित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले मिति २०८१पुष २३ मा वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गरेर लघुबित्त बित्तिय संस्थाको ग्राहक हितको व्यबस्था गरेको हो ।

राष्ट्र बैङ्कले जारी गरेको ग्राहक हितको ब्यबस्था अनुसार  लघुवित्त बित्तिय संस्थाले कर्जाको प्रोडक्ट पेपर (Product Paper) मा अनिवार्य रूपमा नेपाली भाषा र आवश्यकताअनुसार स्थानीय भाषामा समेत ब्याजदर, सेवा शुल्क, कर्जाको भुक्तानी अवधि कर्जाका सर्तहरू लगायतको सूचना सार्वजनिक जानकारीको लागि सहज रूपमा उपलब्ध गराउ पर्नेछ

ऋनीले काबुबाहिरको परिस्थितिले गर्दा ऋण भुक्तानी गर्न समस्यामा परेका ऋणीहरू पहिचान गर्न र त्यस्ता ऋणीहरूको पुनरूत्थान गर्न संस्थाले कार्यविधि तयार गरी वा प्रणालीको विकास गरी सोको कार्यान्वयन गर्नु पर्नेछ ।

ग्रहकलाई ऋण प्रवाह गर्दा पूर्ण विवरण भरिएको तमसुक तथा कागजातबाहेक अन्य कुनै पनि खाली कागजातहरूमा हस्ताक्षर गराउनु / गराई राख्न पाइने छैन  । कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवाशुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्नु हुँदैन ।

 

NECO

Leave Your Comment

Related News