CLI
Global College

निर्यात एक खर्ब नजिक, यी हुन् प्रमुख १० निर्यातित वस्तु

काठमाडौं । नेपालबाट हुने निर्यात उत्साहप्रद वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भटमास र सूर्यमुखी तेलको निर्यात नेपालको वस्तु निर्यात करिब एक अर्ब रुपैयाँ नजिक पुगेको हो ।

साउनदेखि पुससम्म ६ महिनामा नेपालबाट ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा नेपाली वस्तुहरूको निर्यात २३ अर्ब ८२ करोड रुपैयाँ अर्थात ३१.७८ प्रतिशतले बढेको हो ।

नेपालको निर्यात उत्साहप्रद हुनुमा भटमास र सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, ऊनी गलैँचा कार्पेट, अलैँची, तयारी कपडा, प्लाइउड, फलामे पातालगायतको योगदान उच्च छ । मंसिर र पुसमा भटमास र सूर्यमुखी तेलको निर्यात उच्च दरले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

पछिल्लो ६ महिनामा भटमासको प्रशोधित तेल १८ अर्ब ९१ करोड र सूर्यमुखी प्रशोधित ४ चार अर्ब ९८ करोड रुपैयाँको निर्यात भएको छ । जबकि, गत वर्षको पहिलो ६ महिनमा ४१ करोड ५२ लाखको भटमासको प्रशोधित तेल र १४ करोड ८७ लाखको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको थियो । यसै अवधिमा २४ अर्ब ३७ करोडको भटमासको कच्चा तेल र १३ अर्ब ५७ करोड रुपैयाँबराबरको सूर्यमुखी तेलको आयात भएको देखिन्छ ।

चालू आवकै सुरुवाती महिनाहरू साउन, भदौ र असोजमा गत वर्षको सोही महिनाको तुलनामा निर्यात घटेको भए पनि कात्तिक, मंसिर र पुसमा एकाएक उछाल आएको हो । असोजमा कुल १३ अर्ब २८ करोडको मालवस्तु निर्यात भएकोमा कात्तिकमा बढेर १४ अर्ब ३० करोड, मंसिरमा करिब २१ अर्ब र पुसमा २५ अर्ब ३० करोडको निर्यात भएको छ ।

भन्सार विभागका अनुसार ६ महिनामा सेन्थेटिक यार्न ६ अर्ब ८६ करोडको निर्यात भएको छ भने ऊनी गलैँचा कार्पेट पाँच अर्ब ६१ करोड, अलैँची चार अर्ब ५७ करोड, तयारी कपडा चार अर्ब ३८ करोड, प्लाइउड चार अर्ब २४ करोड, फलामे पाता चार अर्ब आठ करोड, फलफूलको जुस तीन अर्ब ४५ करोड, चिया तीन अर्ब १७ करोड, जमोठ कपडा दुई अर्ब ६४ करोड, जुटका कपडा दुई अर्ब ५९ करोड, कुकुर–बिरालोको खाना एक अर्ब ८१ करोड, पिना एक अर्ब ७८ करोड, पश्मिनाको सल एक अर्ब ७२ करोड, ऊनी–सुती–टेरिकटनको कपडा एक अर्ब ५४ करोड, प्रशोधित पाम आयल एक अर्ब १३ करोड, खयर कत्था एक अर्ब १३ करोड, चाउचाउ–पास्ता एक अर्बको निर्यात भएको छ ।

निर्यातित प्रमुख १० वस्तु

 

Leave Your Comment

Related News