१४ लघुवित्तको नाफा ६० करोड बढी, सबैभन्दा बढी ग्रामिण विकास लघुवित्तले कमायो नाफा

काठमाडौं ।  पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले आफनो नाफामा सुधार गरेका छन् । मुलुकमा सञ्चालनमा रहेको ५२ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये १४ वटा लघुवित्त संस्थाहरुको नाफा ६० करोड भन्दा बढी रहेको छ । १४ वटा लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ६० करोड ५ लाख ५४ हजार नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा लघुवित्त वित्तीय संस्थाहरुले कमाएको नाफामा २६.६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ती लघुवित्तहरुले ४७ करोड ४१ लाख २५ हजार नाफा कमाएका थिए ।

संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप चालु आर्थिक वर्षको दोस्रो त्रमासको अवधमिा सबैभन्दा बढी नाफा कमाउनेमा ग्रामिण विकास, ग्लोबल आइएमइ, स्वाबलम्बन, फ्रस्र्ट माइक्रोफाइनान्स, आरएसडीसी लगायतका लघुवित्तहरु रहेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ग्रामिणले १८ करोड १८ लाख, ग्लोबल आइएमईले ११ करोड ८३ लाख, स्वाबलम्बनले ८ करोड ७ लाख, फस्र्ट माइक्रोफाइनान्सले ५ करोड २३ लाख, आरएसडीसीले ४ करोड ४१ लाख र आरम्भ चौत्तारी लघुवित्तले ३ करोड २६ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ग्रामीणले १७ करोड २ लाख, ग्लोबल आइएमईले ४ करोड ७८ लाख, स्वाबलम्बनले ४ करोड १५ लाख, फस्र्ट माइक्रोफाइनान्सले ८ करोड ४९ लाख, आरएसडीसीले ६ करोड ९३ लाख र आरम्भले १ करोड २४ लाख नाफा कमाएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा हिमालयनले २ करोड ६० लाख, सपोर्टले १ करोड ५५ लाख, गुराँसले १ करोड ५४ लाख, गणपतिले १ करोड २३ लाख ,आत्मनिर्भरले ८४ लाख ३१ हजार, उन्नति सहकार्यले ६३ लाख ८३ हजार, धौलागिरीले २० लाख ८१ हजार र एनआइसी एशियाले ४२ लाख १४ हजार नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा हिमालयले ५२ लाख ५८ हजार, सपोर्टले ८६ लाख ४२ हजार, गुराँसले ७७ लाख २८ हजार , गणपतिले १ करोड ७ लाख, आत्मनिर्भरले १ करोड १८ लाख, उन्नति सहकार्यले २४ लाख ९३ हजार र एनआइसी एशियाले ११ लाख ६ हजार नाफा कमाएको थियो ।

समीक्षा अवधिमा नाफा कमाउन नसक्ने अर्थात् नोक्सानीमा जाने लघुवित्त वित्तीय संस्थाहरु समेत रहेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा सामुदायिकले १ करोड ८ लाख र इन्फीनिटीले ९ करोड ४६ लाख नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा सामुदायिकले ३ करोड ९९ लाख व्यहोर्दा इन्फिनिटीले भने १ करोड ४९ लाख नाफा कमाएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार