नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा घिमिरे

काठमाडौं । नेपाल टिस्यु उद्योग संघको तेस्रो वार्षिक साधारणसभाले यादव घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको छ । लोकन्थलीस्थित अगेनो झिर सेकुवा कर्नरमा बिहीबार सम्पन्न सभाले नयाँ कार्यसमिति चुनेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की र सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चुनिएका छन् ।

यसैगरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चुनिएका छन् । नवनिर्वाचित अध्यक्ष यादव घिमिरेले संघको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित संगठन निर्माण गर्ने प्रतिबद्धता जनाए । टिस्यु पेपरको कच्चापदार्थमा सरकारले लगाउँदै आएको अन्तः शुल्क हटाउन पहल गर्ने जनाए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार