सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडीआरटी सीओटी टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती रहेको थियो ।
२०२५को लागि कम्पनीबाट १ जना टीओटी, २ जना सीओटी र २४ जना एमडीआरटीका लागि योग्य भएका थिए । टीओटीका लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक टीओटी भइसकेकी थिइन् । साथै, रण बहादुर तामाङ पहिलो पटक सीओटीका लागि योग्य भएका हुन् भने नारायण बहादुर गुरुङ दोस्रो पटक सीओटीका लागि योग्य भएका हुन् ।

विश्वभरिका अभिकर्ताहरु माझ मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रुपमा उपस्थिति रहने गर्दछ । सन् २०२५ का लागि एमडीआरटीको लक्ष ४६ लाख ९२ हजार ९०० रुपैयाँ, सीओटीका लागि १ करोड ४० लाख ७८ हजार ७०० रुपैयाँ र टीओटीका लागि २ करोड ८१ लाख ५७ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि सहभागिता बढाउनको लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताए । यसका साथै कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरु आधारशिला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुलाई पनि धन्यवाद ज्ञापन गरे ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार