CLI
Global College

अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना

काठमाडौं ।सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सूचीकरण (दर्ता) हुन तथा नेपालभित्र सम्पर्क विन्दु (पोइन्ट अफ कन्ट्याक्ट) तोक्न भनेको छ ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन र सम्पर्क व्यक्ति तोक्न भनेको हो ।

मन्त्रालयको सूचनामा निर्देशिका अनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने उल्लेख छ ।

‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका बमोजिमको व्यवस्था पालना नभएमा सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत अनुरोध छ’, मन्त्रालयको सूचनामा भनिएको छ ।

Leave Your Comment

Related News