RE
Global College

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको यो शेयरमा बित्तिय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक बिध्यमान संस्थापक शेयर  धनीले  शेयर खरिदका लागि ३५  दिन  भित्र  आवेदन  दिनु पर्नेछ । खरिद कर्ताले कम्पनीको  बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाडौं बालुवाटरस्थित कार्यालयमा निवेदन दिनुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद निवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ तोकिएकोले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन  नआएमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News