RE
Global College

बबरमहलमा भूमिगत विद्युतीकरणका क्रममा फुटेको मेलम्ची खानेपानी पाइप मर्मत सकियो

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि मर्मत कार्य सकिएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् ।

केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ ।

विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरण परियोजनाअन्तर्गत केबल बिछ्याउने कार्य गरिरहेको बेला बुधबार बिहान उक्त पाइप क्षतिग्रस्त भएको थियो। मेलम्ची खानेपानी आयोजनाका अनुसार पाइप फुट्दा सो क्षेत्रमा पानी आपूर्ति प्रभावित भएको छ।

NECO

Leave Your Comment

Related News