काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर ९त्याग्ने० को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म माघ मसान्तसम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ ।
यस अवधिमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनी मार्फत ६२ लाख २३ वटा पोलिसी सरेन्डर भएको छ ।
साउनदेखि माघसम्ममा एलआईसी नेपालबाट सबै भन्दा धेरै पोलिसी सरेन्डरको भएको छ । सात महिनाको अवधिमा कम्पनीबाट १५ हजार ३६२ पोलिसी सरेन्डर भएको छ । उक्त पोलिसी सरेन्डर बापत कम्पनीले बीमितलाई २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ भुक्तानी दिनु परेको छ ।
पोलिसी सरेन्डर दरको आधारमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । यो कम्पनीबाट बीमितहरुले १४ हजार २५ वटा बीमा पोलिसी वापत २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाट ७८ करोड ६४ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । यो कम्पनीबाट बीमीतले ८ हजार ४९१ वटा पोलिसी त्यागेका छन् । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सबाट बीमितले ३ हजार ७२० पोलिसीबाट ५५ करोड १५ रुपैयाँ रुपैयाँ सरेन्डर भएको छ ।
त्यस्तै माघ महिनासम्मको अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ५४ करोड १९ लाख रुपैयाँ बराबरका ५ हजार १११ वटा पोलिसी सरेन्डर भएका छन् । त्यस्तै सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ३ हजार ४८३ पोलिसीबाट ४६ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४ हजार १३७ पोलिसीबाट ३७ करोड ८१ लाख रुपैयाँ र मेट लाइफको २ हजार ९५ पोलिसीबाट २४ करोड १२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।
त्यस्तै, सात महिनाको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ७७ पोलिसीबाट १५ करोड ३६ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १ हजार ७३ पोलिसीबाट १२ करोड ३१ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १ हजार ६६० पोलिसीबाट १४ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८८२ पोलिसीबाट १२ करोड ४६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९६५ पोलिसीबाट ६ करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ४४२ पोलिसीमार्फत ४ करोड ५५ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

