RE
Global College

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गोविन्द घिमिरे नियुक्त भएका छन्। शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) घिमिरेलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

घिमिरेले सन् १९९५ मा तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। व्यवस्थापन र कानुनमा स्नातकोत्तर गरेका घिमिरे कर्जा बैंकिङमा विशेष दख्खल राख्छन्। उनी एक दशकभन्दा बढी समयदेखि एनएमबि बैंकमा आबद्ध छन्।

पदावधि समाप्त हुन लागेको वर्तमान सीईओ सुनिल केसीको स्थानमा घिमिरेले जिम्मेवारी सम्हाल्नेछन्। केसीको कार्यकाल यसै महिनाको अन्त्यमा समाप्त हुँदैछ।

एनएमबि बैंकले दिगो बैंकिङ, सुशासन, र डिजिटलाइजेसनमा विशेष ध्यान दिँदै आएको छ। घिमिरेको नेतृत्वमा बैंकले यी प्राथमिकताहरुलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News