CLI
Global College

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रिमा न्युनतम मूल्य पाँच सय

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १,००,००० कित्ता संस्थापक शेयर प्रतिकित्ता न्युनतम ५००का दरले बिक्रिमा रहेको छ । संस्थापक शेयर कसैले बिक्रि गर्न चाहेमा पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी व्यस्थाका कारण कम्पनीले संस्थापक शेयर धनीलाई शेयर खरिदको लागि अनुरो गरेकोमा तिकिएको मितिमा कोहीपनि बिध्यमान संस्थापक शेयर दनीले सो शेयर खरिद गर्न आबेदन नदिएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले बिक्रि नभएको संस्थापक शेयर  खरिद गर्न चाहने संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति / संस्थाले  लिलाम बढाबढ गरीखरिद गर्नको लागि  सात दिन भित्र न्युनतम् मूल्य रु.५०० प्रतिकित्ताका दरले खरिद गर्न आब्हान गरेको छ ।

शेयर खरिद गर्न चाहने करिद दाताले प्रस्तावित खरीद मूल्यका साथै नेपाल राष्ट्र बैंकबाट संस्थापक हुनकालागि तोकिएका आवश्यक कागजात तथा विवरणहरु समेत संलग्न गरी जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरी – २, मोरङ्ग वा एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा आबेदन पेश गर्नु पर्नेछ ।

कम्पनीले शेयर खरीदको निवेदन प्राप्त भए पश्चात् विक्रेता संस्थापकसँग समन्वय गरी खरीदकर्ता र बिक्रीकर्ताको आपसी सहमति भए पश्चात् मात्र शेयर खरीद बिक्रीको प्रक्रिया अगाडि बढाईने जनाएको छ ।

 

Leave Your Comment

Related News