RE
Global College

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच) आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थालाई ३० लाख रुपैयाँ सहयोग गरेको हो ।

अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले कीओएचका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको कीओएचले काठमाडौंँको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलकीओएचका व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

साथै, उक्त अवसरमा श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरुले विशिष्टिकृत स्वास्थ्य सेवा प्राप्त गर्ने छन् भनि अध्यक्ष डा. भगवान कोइराला लगायत व्यवस्थापन समूहलाई अग्रिम शुभकामना दिए ।

NECO

Leave Your Comment

Related News