६०० ले घट्यो सुन, चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य घट्दा चाँदी मूल्य स्थिर रहेको छ । आइतबार ९०० रुपैयाँले घटेको सुन आज तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार