CLI
Global College

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । आइतबार संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसो १:१५ बजे राष्ट्रियसभा बैठक बस्दैछ ।

प्रतिनिधिसभामा आज “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ । यस्तै पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले “जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१” प्रस्तुत गर्ने कार्यसूची छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले “नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रियसभा बैठकको आजको कार्यसूची तय गरिएको छैन । चैत १५ गतेबाट प्रतिपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरेकोले सोही दिनको कार्यसूची अनुसार अघि बढ्ने छ ।

Leave Your Comment

Related News