RE
Global College

करिब ८ लाखको काठमाडौं महानगरको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझेनन्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र लिन अस्वीकार गरेका छन्।

गत शुक्रबार काठमाडौंमा राजावादी आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मूल्याङ्कन गरेर महानगरले विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवानाको पत्र काटेको थियो।

उक्त जरिवाना पत्र लिएर निर्मल निवास पुगेका महानगर प्रहरीको टोलीलाई पत्र नलिकनै त्यहाँबाट फिर्ता पठाइएको छ।

यद्यपि, राप्रपा र राप्रपा नेपालले भने ‘संयुक्त जनआन्दोलन समिति’ र ‘नागरिक बचाऊ अभियान’ले
गरेको कार्यक्रममा पूर्वराजा शाहको नाममा जरिवाना पत्र काटिनु सस्तो लोकप्रियता कमाउन गरिएको परपञ्ज भएको टिप्पणी गरेका छन्।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएरै कार्यक्रम गरेको बताउँदै उनीहरूले यस्तो टिप्पणी गरेका हुन्।

NECO

Leave Your Comment

Related News