RE
Global College

महालक्ष्मी विकास बैंकको बोनस शेयर शेयरधनीको खातामा जम्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गराएको छ । बैंकको गत पुस २९ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको थियो ।

उक्त बमोजिम उक्त बोनस शेयर शेयरधनीहरुलाई वितरण/प्रदान गर्ने सन्दर्भमा उक्त तेइसौं वार्षिक साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको बोनस शेयर चैत १४ गतेदेखि हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

साथै हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको शेयर अभौतिकिकरण भए पश्चात् बोनस जम्मा गरिने जानकारी दिँदै बैंकले हालसम्म पनि भौतिक रुपमा शेयर धारण शेयर स्वतः शेयरधनीहरुको खातामा अभौतिकीकरण गराउन समेत अनुरोध गरेको छ ।

NECO

Leave Your Comment

Related News