CLI
Global College

सेनिटरी प्याड खरिदमा ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिद गर्दा ५२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अनुसन्धानमा आर्थिक वर्ष ०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा वास्तविक मूल्य २४ रुपैयाँ पर्नेमा ७८ रुपैयाँ तिरेर ९६ हजार २८० प्याकेट खरिद गरिएको पाइएको छ। यसरी प्रति प्याकेटमै ५४ रुपैयाँ बढी देखाएर ५२ लाख रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ।

यो काण्डमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर देवी फर्मा र सोका प्रोप्राइटर विमलेश शाहको मिलेमतो भएको अनुसन्धानमा खुलेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार अख्तियारले आरोपीहरू विरुद्ध भ्रष्टाचार गरेको रकम बराबरको बिगो कायम गरी मंगलरबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

Leave Your Comment

Related News