RE
Global College

बीमाको आधारमा ई–कर्जाः खल्तीबाट माग गरी खल्ती मै रकम प्राप्त गर्न सकिने

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्स सँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि घरैबाट, बिना लाइन बसेर, तुरुन्तै आफ्नो खल्ती खाता मै।

बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो ई–कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन्। कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजार रुपैयाँसम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो। सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का सम्झौताको सम्बन्धनमा भन्छन्, “डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ खल्तीले यो सहकार्यमा यो सुविधा ल्याएको हो। तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने यस ई–कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुनुहुने कुरामा हामी विश्वास छौँ।”

NECO

Leave Your Comment

Related News