RE
Global College

कक्षा १२ को परीक्षा यथावत् सञ्चालन हुने, परीक्षा स्थगित गरिएको भनी फैलिएको सूचना भ्रामक भएको बोर्डको स्पष्टीकरण

काठमाडौं । हाल सामाजिक सञ्जालमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना व्यापक रूपमा फैलिएको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेड प्रयोग गरी तयार पारिएको सो झुटो सूचनामा अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको उल्लेख गरिएको छ।

यस सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले एक विज्ञप्ति जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डका अनुसार कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सुरु हुनेछ।

बोर्डले झुटो सूचनाका कारण विद्यार्थी र अभिभावकहरूमा अनावश्यक भ्रम सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै यस्ता भ्रामक प्रचारप्रति सचेत रहन सबैलाई अनुरोध गरेको छ। साथै, परीक्षा सम्बन्धी आधिकारिक सूचना मात्र बोर्डको वेबसाइट वा विश्वसनीय माध्यमबाट हेर्न आग्रह गरिएको छ।

NECO

Leave Your Comment

Related News