नेपाल बैंकको नाफा २७ गुणाले बढ्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २०३३ प्रतिशतले बढी हो । गत आवको बैंकको नाफा १३ करोड ५ लाख रहेको थियो ।

बैंकको कुल ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन मुनाफामा सुधार भए सँगै नाफा देखिएको हो । चैतसम्म बैंकको कुल ब्याज आम्दानी ७ अर्ब १० करोड पुगेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५ प्रतिशतले बढी हो । गत आवको चैतसम्म बैंकको कुल ब्याज आम्दानी ६ अर्ब ७७ करोड रहेको थियो । समिक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ५६ करोड र सञ्चालन मुनाफा ४ अर्ब ३१ करोड रहेको छ ।

समिक्षा अवधिमा बैंकले वितरणयोग्य नाफामा सुधार गरेको छ । चालु आवको चैतसम्म बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख रहेको छ । गत आवमा भने बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोडले ऋणत्मक रहेको थियो ।

१४ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ३१ करोड रहेको छ , जुन ६ प्रतिशतको वृद्धिदर हो । बैंकको प्रतिशेयर आम्दानी २५.२६ रुपैयाँ, नेटवर्थ प्रतिशेयर २६०.७४ रुपैयाँ र तरलता अनुपात ३६.०५ प्रतिशत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार