RE
Global College

एनआईसी एशिया बैंकको नाफा ९२ प्रतिशतले घट्यो

काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घट्नु र र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा प्रभावित भएको पाइन्छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

NECO

Leave Your Comment

Related News