RE
Global College

कुमारी बैंकको नाफा ७३ प्रतिशतले घट्यो

काठमाडौं । कुमारी बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.८५ प्रतिशत कम हो। । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घट्दा र र इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावि बनेको हो ।

बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशत घटेको छ ।

बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँमा पुगेको छ ।

NECO

Leave Your Comment

Related News