RE
Global College

कक्षा १२ को परीक्षा रोकिँदैन: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो।

कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते (बिहीबार)देखि सञ्चालन गर्ने तयारी छ।

बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुने परीक्षा २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ।

 

NECO

Leave Your Comment

Related News