प्रकाशकीय- पुनर्गठित र पुनर्जागृत यात्राको एक वर्ष

काठमाडौं । ‘आर्थिक पत्रकारिता, हाम्रो पहिचान’ भन्ने आदर्श वाक्य लिएर शुरु भएको equitynepal.com  २०७४  चैत १४ बाट विधिवत् सञ्चालनमा रहेको भएता पनि संस्थाको आरोह अवरोहका बिच पुनर्गठित र पुनर्जागृत  भएर आएको  आजबाट एक वर्ष पूरा गरी दोस्रो  वर्षमा प्रवेश गरेको छ । यस बिचमा आर्थिक क्षेत्रमा नीतिगत सुधार एवम् कार्यक्रमहरूको कार्यान्वयनसम्मका सबै चरणमा सरकारलाई जवाफदेही बनाउन हाम्रा सामाग्री सहयोगी बने । यसरी नेपालको आर्थिक विकासमा हरपल पहरेदारी गर्दै आर्थिक गतिविधिका सन्दर्भमा तथ्यपरक सूचना, विचार प्रकाशित गरेर नीति निर्माता, लगानीकर्ता र उपभोक्ताबिच पुलको काम गर्न क्रियाशिल हाम्रो यात्रा गौरवपूर्ण रह्यो । यो यात्रामा सहयोग गर्नुहुने सूचना स्रोत, प्राज्ञिक समुदाय तथा व्यावसायिक प्रतिष्ठानप्रति हार्दिक आधार व्यक्त गर्दछौँ ।

तथ्य र विश्लेषणमा आधारित निष्पक्ष एवं निरपेक्ष आर्थिक पत्रकारिता हाम्रो मूल मन्त्र हो । हाम्रो आर्थिक सूचकहरूको विश्लेषण,  वित्तीय समावेशिता, उत्पादन तथा उत्पाकत्व वृद्धि, औद्योगिकरण, ऊर्जा प्रवर्द्धन, श्रम बजार, उद्यमशीलता विकास, आन्तरिक रोजगारी प्रवर्द्धन, गरीबि न्यूनिकरण लगायत आर्थिक गतिविधिसँग सम्बन्धित सामाग्रीलाई प्रकाशन गरेर समावेशी विकास प्रवर्द्धन गर्दै आर्थिक न्यायको आवाज बुलन्द पार्ने लक्ष्यमा हामी दृढ छौँ । साथै, वित्तीय निकाय, सेबोन र केन्द्रीय बैंकबिचको नीतिगत समन्वयको अभाव उजागर गरी सुधारतर्फ सरकार र नियामक निकायलाई सचेत गराउने दायित्वप्रति सचेत छौँ ।

समाष्टिगत आर्थिक आधारहरुको सबलीकरण र दीगो समावेशी विकासका लागि आर्थिक पत्रकारितामार्फत उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादनशिल रोजगारी, मर्यादित श्रम र  वित्तीय प्रणालीको सुदृढीकरण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोगी बन्ने हाम्रो यो अभियानमा आ-आफ्नो ठाँउबाट रचनात्मक सल्लाह/सुझाव, प्रतिक्रया र सहकार्यको निरन्तर अपेक्षा गर्दछौँ ।

धन्यवाद !

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार