काठमाडौँ महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । तत्कालिन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आज शोक बिदा दिएको हो ।

विसं. २००४ माघ २९ गते जन्मिएका डंगोल ३०४३ सालमा काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च भएका थिए । उनको शुक्रबार निधन भएको हो ।

उपप्रधानपञ्चका रुपमा उनले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुऱ्याउएको योगदानकोसम्मान गर्दै आज शोक बिदा दिइएको महानगरले सूचनामार्फत् जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार