RE
Global College

बाटो निर्माणमा लाखौँ हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं ।  सर्लाहीको धनकौल गाउँपालिकाका वडा नं. ६ स्थित कृषि बाटो निर्माणमा लाखौँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार वडा ६ का वडाअध्यक्ष श्याम बाबु साहसहित प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

वडाअध्यक्षसहित कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा आव. २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतो गरी ७ लाख ७९ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि छ ।

अख्तियारले उनीहरुविरुद्ध जनही ७ लाख ७९ हजार रुपैयाँ बिगोदाबीसहित ३ वर्षसम्मको कैद सजाय माग गरेको छ ।

NECO

Leave Your Comment

Related News