RE
Global College

सुन सिफारिस शुल्क नलिनुः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक सुन सिफारिसमा शुल्क नलिन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन आग्रह गरेको हो ।

सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ रहेको छ ।

उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ, महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था छ ।

NECO

Leave Your Comment

Related News