RE
Global College

जीवन विकास लघुवित्तमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । सहायक श्रेणीको कनिष्ठ सहायक प्रशिक्षार्थीमा ५० जना र सहायक प्रशिक्षार्थी २५ जना गरेर ७५ जना कर्मचारी माग गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १०+२ वा छनौट सूची (सर्टलिष्ट) को नतिजाका सो सरह उत्तिर्ण भएको व्यक्तिले आवेदन दिन सक्नेछन् ।कम्प्युटर तालिम प्राप्त गरेको (आधारभुत कम्प्युटर तालिमको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने),१८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष) व्यक्तिले आवेदन दिन सक्नेछ्न् ।

आवेदन दिने अन्तिम मिति वेशाख ३१ गते रहेकोमा छनोट सूचीमा परेका आवेदकहरूको लिखित परीक्षा, फिल्ड अवधारणा र अन्तरवार्ता हुनेछ । तलब सुविधा वित्तीय संस्थाको नियमअनुसार हुने बताइएको छ ।

परीक्षा शुल्क रू.५०० रहेकमा वैशाख १७ देखि वैशाख ३१ गतेसम्म कार्यालय बिदाबाहेक अन्य दिन www.jeevanbikasmf.com मा गई अनलाईन आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम भरे पश्चात् प्राप्त हुने दर्ता नम्बरको आधारमा छनौट सूचीको (सर्टलिष्ट) नतिजा हेर्न सकिनेछ ।

मिति २०८२ जेष्ठ ०६ गते यस वित्तीय संस्थाको वेवसाइटमा अन्तिम नतिजा प्रकाशन गरिनेछ ।

NECO

Leave Your Comment

Related News