RE
Global College

उपत्यकामा ठूलो परिणाममा प्रतिबन्धित भेप बरामद

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट ठूलो मात्रामा प्रतिबन्धित इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ।

बुधबार विभागको अनुगमन टोलीले काठमाडौंको आरबी कम्प्लेक्स र ललितपुरस्थित मेडिसिटी अस्पताल नजिकका व्यापारीक स्थलहरूबाट भेप बरामद गरेको हो। विभागका अनुसार आरबी कम्प्लेक्समा रहेका ‘स्माइल योर च्वाइस’ र ‘भेपमाण्डु टेडस’ नामक पसलहरू तथा मेडिसिटी अस्पताल नजिक रहेको ‘भेप स्टुडियो’ बाट भेप फेला पारिएको हो।

सरकारले इलेक्ट्रिक चुरोट (भेप) को आयात, बिक्री तथा ओसारपसारमा प्रतिबन्ध लगाएको भए पनि उपत्यकाको बजारमा यसको कारोबार यथावत रहेको देखिएको विभागले जनाएको छ।

मेडिसिटी नजिकको ‘भेप स्टुडियो’मा थोरै मात्रामा भेप भेटिएकाले संकलन गरी विभागमा ल्याइएको छ भने आरबी कम्प्लेक्सस्थित दुईवटा पसलमा ठूलो परिमाणमा भेप भेटिएकाले ती पसलहरू सिलबन्दी गरिएको छ।

विभागले भेप फेला परेका सबै स्थानमा सिलबन्दी गर्दै सम्बन्धित व्यवसायीहरूलाई तीन दिनभित्र कारोबार सम्बन्धी आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

NECO

Leave Your Comment

Related News