RE
Global College

दाङमा शिक्षकलाई विद्यार्थीले खुँडा हाने

दाङ । तुलसीपुरमा विद्यार्थीको खुँडा प्रहारबाट एक शिक्षक घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका-६ स्थित हिमाल बोर्डिङ स्कुलका शिक्षक तुलसीपुर-६ रजौराका ३७ वर्षीय विशेष श्रेष्ठमाथि स्कुल परिसरभित्रै खुँडा प्रहार भएको हो।

१२ कक्षामा अध्ययनरत तुलसीपुर-४ रक्षाचौरका १८ वर्षीय सुरेश सुनारले एक्कासी खुँडा प्रहार गरी शिक्षकलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए।

खुँडा प्रहार गर्ने व्यक्ति फरार भएको र उनको खोजी जारी रहेको उनले बताए।

केही दिनअघि शिक्षकले कुटेको भन्दै विद्यार्थीले बदला लिन शुक्रबार खुँडा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। घाइते शिक्षकको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

NECO

Leave Your Comment

Related News