काठमाडौं । सुरक्षण मुद्रण केन्द्रमा हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम खरिद प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ४० करोड ७५ लाख रूपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतले दोषी ठहर गरेको छ ।
आइतबार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाले पौडेललाई दोषी ठहर गर्दै दुई वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना सजायको फैसला गरेको हो ।
यस्तै अदालतले म्याक्स इन्टरनेसनल प्रालिका सीईओ अकबर हुसेनलाई पनि १३ करोड ५८ लाख जरिवानासहित १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ भने सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापालाई सफाइ दिएको छ ।


