काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम, थ्रेड र ह्वाट्सएपलगायत सामाजिक सञ्जाललाई दर्ता हुन दिएको एक हप्ते म्याद सकिँदा पनि सामाजिक सञ्जालहरुले दर्ता हुन अटेर गरेका छन् ।
पाँचौँपटक म्याद थप गर्दा पनि मेटा सम्पर्कमै नआएको हो ।
सरकारले ०८१ चैत ७ गते ३० दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका लागि अन्तिम समयसीमा तोकेको थियो । उक्त अवधिभित्र मेटा लगायतका सामाजिक सञ्जाल दर्ता नभएपछि थप एक साताको समायवधि दिइएको थियो ।
मेटा सम्पर्कमै नआएपछि सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै छैटौँपटक दर्ता हुनका लागि आह्वान गरेको छ । यद्यपि, यसपटक भने मन्त्रालयले समयसीमा उल्लेख गरेको छ ।
सामाजिकको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक प्रयोगकर्ताको स्वयमलाई प्रर्वदन गर्न बानीय भएको विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन २०६३ को दफा ७९ से दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० गरी गरेको र उक्त निर्देशिका २०८० मंसिर ११ गते नेपाल राजपत्रमा प्रकाशित कार्यान्वयनमा आएको थियो
सोही निर्देशिका बमोजिम यस सन्यालयले मिति २०८० मंसिर १५ गतेका दिन सामाजिक सञ्जाल पोटफर्म सञ्चालन गर्न चाहने व्यक्ति कम्पनी वा संस्थाले आफ्नो सामाजिक सम्मा प्लेटफर्म मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था अनुसार तीन महिनाभित्र दर्ता हुन भनिएको थियो ।
सूचना प्रकाशन भएको मितिले तीन महिना भित्र सूचीकरण हुन भनिए पनि दर्ता नभएपछि २०८१ भदौ २५ गते दोस्रोपटक सूचना प्रकािशत गरेको थियो । माघ २१ गते तेस्रो र चैत ७ गते चौँथो गरी अन्तिम पटक सूचना प्रकाशित गरेकोमा पछिल्लो पटक सञ्चारमन्त्री गुरुङले मौखिक रुपमा एक हप्ते म्याद दिएका थिए ।
छैटौँपटक मन्त्रालयले दर्ता नहुने सबै सामाजिक सञ्जालहरू क्रमश: नेपाल भित्र निस्कृय गराइने र सूचीकरण दर्ता गरेमा सोही क्षणवाट पुनः सक्रिय गराइने बताएको छ ।