काठमाडौं । एनएमबी लघुवित्तको अध्यक्ष र सञ्चालक नियुक्त गरिएको छ।
कम्पनीका सञ्चालक कृष्णदत्त भट्टराईलाई अध्यक्ष र रोशन रेग्मीलाई सञ्चालक नियुक्त गरिएको हो।
कम्पनीको २२ गते बसेको सञ्चालक समिति बैठकले मनोनयन भएकै मितिबाट लागू हुने गरी अध्यक्ष र सञ्चालक नियुक्त गरेको हो।
अध्यक्ष भट्टराईको कार्यकाल चार वर्षको हुनेछ। सञ्चालकमा मनोनीत रेग्मी एनएमबी बैंकबाट यस संस्थामा प्रतिनिधित्व गर्छन्।