माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार

काठमाडौं । आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२ प्रदान गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान गरेको हो ।

सम्मान प्राप्त गरेपछि कर्मचारीहरू, स्वास्थ्य सेवा साझेदार र ग्राहकहरूलाई निरन्तरको विश्वास र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै माभोरियन सिस्टम्सले आगामी दिनमा पनि नवीन र दिगो सूचना प्रविधि समाधानहरू विकास गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने र सञ्चालनमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ । नेपालको स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणमा पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरूप माभोरियनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । सन् २०१६ मा स्थापना भएको माभोरियन सिस्टम्स नेपालको अग्रणी सफ्टवेयर विकास कम्पनी हो, जसले विशेष गरी हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम र इलेक्ट्रोनिक मेडिकल रेकर्डमा विशेषज्ञता हासिल गरेको छ ।

स्वास्थ्य प्रणालीलाई डिजिटलाइज गर्ने कम्पनीको प्रमुख उत्पादन डल्फिनमा प्रशासनिक, क्लिनिकल र सञ्चालनसम्बन्धी कार्यहरूलाई एकीकृत गर्दै फार्मेसी र प्रयोगशाला व्यवस्थापन, बिरामी रेकर्ड र स्वास्थ्य बीमा दाबी प्रक्रिया गर्ने सुविधा समावेश छन् । डल्फिनले नेपालको स्वास्थ्य सेवालाई डिजिटल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, जसले ५० लाखभन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गरेको छ भने १० करोडभन्दा बढी क्लिनिकल रेकर्डहरू व्यवस्थापन गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार